Logo

४५ वर्ष उमेर फरक हुँदा पनि खुशी छन् यो जोडी



उखानै छ मिलेको खण्डमा विवाहित जोडी जत्तिको नजिक कोही हँुदैन र झगडा गर्दा यी जत्तिको शत्रु पनि कोही हँुदैनन् । त्यसैले विवाह गर्दा आफ्नो सामाजिक हैसियत मिल्नेसँग गर्नुपर्छ । हाम्रो समाजमा विवाह गर्ने उमेर निश्चित जस्तो भइसकेको छ । विवाह गर्ने केटा र केटीको उमेर पनि मिलाएर गर्दा जीवन सुखी, ख्शी र सफल हुन्छ भन्ने हाम्रो विश्वास छ । तर, दुनियाँमा एउटा यस्तो जोडीको चर्चा छ जसको उमेरमा ४५ वर्ष उमेर फरक छ । यो जोडी निकै खुशीको साथ सफल दाम्पत्य जीवन बिताइरहेका छन् ।

कोलंबियाको स्टेफनी एडरमस २४ वर्षकी भइन् । उनका पति डोन वैल्पर ६९ वर्षका भए । यो जोडी विवाह अघि चार वर्षसम्म प्रेमसम्बन्धमा रमाइरहेका थिए । आज यी जोडीले एउटा छोराको साथमा सफल जीन्दगी बिताइरहेका छन् ।

यो जोडीले वैवाहिक जीवन सफल हुनुमा नियमित यौन सम्र्पक गर्नुपर्ने बताएका छन् । स्टफनी र डोनको चिनजान स्टेफनीले काम गने बारमा भएको थियो । रिटायर्ड डोन स्टेफनीको बारमा सधै जस्तो जान्थे । स्टेफनी आफ्नो ग्राहकसंग प्रेममा पागल भइन ।

सुरुमा त स्टेफनीको परिवारले यी दुइजनाको सम्बन्धलाइ अस्विकार गरेको थियो । स्टेफनीको जीद्धिको कारणले परिवार झुक्न बाध्य भयो । उनिहरु एक दोश्रोलाई निकै माया गर्छन । यीनीहरुले बच्चा सबैथोक हो भनेका छन् । अझ यो जोडी भन्छन हाम्रो माया अरुले बुझ्न नी सक्दैन । उनीहरुले आफ्नो व्यक्तिगत र यौन जीवन दुवै राम्रोसंग चलिरहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्