रुसी नयाँ संस्करणको पनडुब्बी कजानलाई नयाँ नियन्त्रण प्रणाली जडान गरिएको छ । पनडुब्बी चौथो पिढींको आधुनिक जहाज हो । सो पनडुब्बी यासेनको नयाँ संस्करण रहेको जनाइएको छ । नयाँ संस्करणको पनडुब्बीमा जडान आधुनिक प्रणालीले यसलाई अरु पनडुब्बीभन्दा फरक बनाएको छ ।
कजान पनडुब्बीमा अझै प्रणालीहरु जडान गरेर यसलाई प्रशिक्षण गर्न केहि समय लाग्ने जनाइएको छ । त्यस पनडुब्बीले २०२० सम्ममा आफ्नो कार्य गर्न सक्ने छ । सन् २०१८ र २०१९ मा पनडुब्बीको परिक्षण गर्दा यसले राम्रो र गुणस्तरको कार्य गरेको जनाइएको छ ।
पनडुब्बीमा आधुनिक र नयाँ प्रणालीका हतियारहरु जडान गरेर प्ररिक्षण गर्न बाकी रहेको जनाइएको छ । पनडुब्बीले सैन्य शक्तिलाई झन बलियो बनाउने जनाइएको छ । यसले क्यालीबर र ओनिक जस्ता क्रुज मिसाइलहरु बोक्ने क्षमता राखेको छ । यूतै प्रकारका दुई पनडुब्बीलाई निर्माण गर्न रुसी सिपयार्डले अनुबन्ध गरेको छ ।




प्रतिक्रिया