Logo

मलाई तारो बनाऊ तर सार्वजनिक सम्पत्ति आगजनी नगर- मोदी



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कडा सुरक्षाबीच नयाँ दिल्लीस्थित रामलीला मैदानमा सम्बोधन गरेका छन् । आइतबार एक घन्टाभन्दा लामो भाषण गरेका उनले संसदबाट पारित नागरिकता विधयेकको बचाऊ गरे ।

नागरिकता विधयेकले कुनैपनि भारतीय नागरिकलाई असर नपर्ने मोदीको भनाई थियो । उनले विपक्षीमाथि हल्ला मच्चाएर जनतालाई नागरिकता ऐनको विरुद्ध भड्काउन खोजेको आरोप लगाए ।

सार्वजनिक सम्पत्ति आगजनी र तोडफोड नगर्न आग्रह गर्दै भने, ‘मरु मलाई घृणा गर भारतलाई घृणा नगर । बरु मलाई प्रहार गर तर सार्वजनिक सम्पत्तिमा आगो नलगाऊ ।’

नागरिकता ऐनविरुद्धको प्रदर्शनका क्रममा २२ जनाको मृत्यु भएपछि भारतीय प्रधानमन्त्रीको पछिल्लो भनाई सार्वजनक भएको हो । उनले धर्मको आधारमा नागरिकता कानुनले कसैप्रति विभेद नगरिएको तर्क गरे ।



प्रतिक्रिया दिनुहोस्