Logo

जनकपुरमा शंकास्पद बस्तु्ले एकाविहानै त्रास



काठमाडौं, पुस ७ । जनकपुरको शुक्रबारे बजार नजिकै फेरी आज एकाविहानै शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद बस्तु कति बेला फेला परेको खुल्न सकेका छैन । तर अहिले प्रहरी घटनास्थलको चारैतीरबाट घेरा हालेर बसेका छन् ।

घटनास्थलदेखि जिल्ला प्रहरी कार्यालय नजिकै पर्छ । शंकास्पद बस्तु फेला परेपछि प्रहरीले सडकमा आवत जावत ठप्प पारेको छ । फेला परेको शंकास्पद बस्तु बम रहेको आशंका छ ।

तर बम नै हो भन्ने पुष्टि हुन सकेका छैन ।सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगिसकेको प्रहरीले जनाएको छ । बम हो वा भ्रम मात्र फैलाउन खोजको हो भन्नेबारे केहि समय भित्रै थाहा हुने पनि प्रहरीको भनाई छ । अहिले त्यस क्षेत्र वरिपरिको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।



प्रतिक्रिया दिनुहोस्