Logo

भारत र इरानका विदेशमन्त्रीबीच द्धिपक्षीय वार्ता



७ पुस । भारत र इरानका विदेशमन्त्रीबीच आइतबार द्धिपक्षीय वार्ता भएको छ ।उनीहरुबीच आइतबार इरानको राजधानी तेहरानमा सो वार्ता भएको अधिकारीहरुले जनाएका छन् ।

भारतीय विदेशमन्त्री शुब्रमन्यम जयशंकर हाल इरानको भ्रमणमा रहेका छन् । उनले आइतबार अपराह्न राजधानी तेहरानमा विदेशमन्त्री मोहमद जावेद जारिफबीच सो भेटवार्ता भएको बताएको छ ।

आइतबार उनीहरुबीचको भेटवार्ता खासगरी दुई देशबीचको आर्थिक सम्बन्ध सुदृढिकरणका क्षेत्रमा भेटवार्ता भएको विदेशमन्त्री जारिफले बताएका छन् ।
इरानी विदेशमन्त्री जारिफले आफ्नो ट्वीटर अकाउन्टमा जनाएअनुसार सो भेटवार्ताका क्रममा इरान र भारतबीचको आर्थिक सम्बन्धमा सृदृढिकरणका साथै आगामी दिनमा आर्थिक क्षेत्रका सम्भावनाहरु खोज्ने विषयमा छलफल भएको थियो ।

संयुक्त राज्य अमेरिकाले इरानको दक्षिणी भूभागमा रहेको चाबहार बन्दरगाहलाई खुला गरिदिएको घोषणा गरेको एक दिनपछि भारतीय विदेशमन्त्री जयशंकरको इरान भ्रमण भएको छ ।

उक्त बन्दरगाह अफगानिस्तानमा द्धन्द्धको मारमा परेका मानिसका लागि मानवीय सहायता आपूर्ति गर्ने एक महत्वपूर्ण मार्गका रुपमा लिइन्छ । उक्त बन्दरगाहाको भारत, इरान र अफगानिस्तानले संयुक्त रुपमा विकास गरेका यसअघिका समाचारहरुमा जनाइएको छ ।

यसैबीच हालैमात्र इरानी राष्ट्रपति रउहानीले जापानको भ्रमण गरेको दुई दिनपछि भारतीय विदेशमन्त्रीको इरान भ्रमण भएको अर्काे एक समाचारमा जनाइएको छ ।

पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र इरानबीचमा आणविक विषयलाई लिएर ठूलो विवाद जारी रहेका बेला भएको इरानी राष्ट्रपतिको भ्रमण भएको विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिका र इरानबीचमा ठूलो कूटनीतिक तनाव जारी नै रहेका बेला सो तनाव कम गर्ने काममा सघाउनका लागि भन्दै जापानी प्रधानमन्त्री सिन्जो आबेले इरानको भ्रमण गर्नुभएको र त्यसपछि हालैमात्र इरानी राष्ट्रपतिको यो भ्रमण भएको ती सञ्चारले जनाएका हुन् ।

इरानी राष्ट्रपतिको यो भ्रमण हालै कोरियाली प्रायद्वीपमा देखिएको तनाव कम गर्ने क्रममा भएको अनुमान गरिएको छ । दुई वर्षयता दुई पटकसम्म अमेरिका र उत्तर कोरियाबीच उच्चस्तरीय वार्ता भएको छ । ती वार्तामा उत्तर कोरियाको निशस्त्रीकरणका विषयमा सहमति भएको तर सो सहमति बमोजिम काम हुन नसकेको अमेरिकाको भनाई छ ।

उता आइतबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच फोनवार्ता भएको थियो । उहाँहरुबीच उत्तर कोरियाले हालै गरेको भनिएको आणविक परीक्षणका विषयमा कुराकानी भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्