Logo

चिनियाँ आपराधिक सञ्जालको जालो तोडियो



काठमाडौं, ७ पौष । राजधानीको विभिन्न स्थान सोमबार दिउँसो तनावग्रस्त भयो । केही स्थानमा त प्रहरीले फाइरिङ हुनसक्ने भन्दै स्थानीयलाई घरभित्र बस्न र सटर पसल बन्द गर्न भन्यो । बालाजुमा प्रहरीको ठूलो संख्या हतियारसहित पुगेपछि स्थानीयका लागि चासो बन्यो ।
प्रहरीले एकै दिन एक्सनमा पुगेर विभिन्न स्थानबाट चिनियाँ नागरिक संलग्न आपराधिक गिरोहलाई पक्राउ गरेको छ । उनीहरु ५० भन्दा बढी संख्यामा रहेको बुझिएको छ । राजधानीको तीन स्थानबाट नेटवर्कको माध्यमबाट आर्थिक अपराधमा संलग्न ठूलो गिरोह पक्राउ परेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । उनले पक्राउ परेकामाथि अनुसन्धान भइरहेको जानकारी दिए ।

अपराध अनुसन्धान महाशाखाको टोलीले एकैपटक तीन स्थानबाट गिरोहका व्यक्तिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका सबै चिनियाँ नागरिक छन् । उनीहरु नेटवर्कका माध्यमबाट आर्थिक अपराधमा संलग्न रहेको प्रहरी स्रोतले पुष्टि गरेको छ । चिनियाँ आपराधिक सञ्जालको जालो तोड्न प्रहरीले लामो अनुसन्धानपछि ती व्यक्तिहरु पक्राउ परेको बुझिएको छ ।

चिनियाँ आपराधिक सञ्जालका सदस्य पक्राउ गर्ने क्रममा बालाजुक्षेत्र

चिनियाँ नागरिकहरु पछिल्लो समय वित्तीय अपराधमा धमाधम पक्राउ परिरहँदा पछिल्लो घटना भएको हो । यसअघि बैंकको एटीएमबाट पैसा चोर्ने ठूलो गिरोह पत्ता लागेको थियो । बैंकको कम्प्युटर प्रणाली नै ह्याक गरेर एउटा समूहले करोडौं निकालेको पत्ता लागेको थियो । जसमा चिनियाँ नागरिकहरु संलग्न रहेको भेटिएका थिए ।

 

यसैगरी, प्रहरीले आइतबार चारजना विदेशी नागरिकलाई लागूऔषध कोकिन कारोबारसहित पक्राउ गरेर सार्वजनिक गरेको थियो । पक्राउ परेकाहरु लागूऔषधको अन्तर्राष्ट्रिय सञ्जालका सदस्य समेत थिए । –File Photo



प्रतिक्रिया दिनुहोस्