Logo

मोटोपनले विवाह तोडिएको इखले युवतीले ४८ केजी तौल घटाएपछि मनपराउने हजार भेटिए



कसैलाई मोटाउने रहर हुन्छ भने कसैको बाध्यता । कहीं कतै मोटाउनुमा फाइदा भएपनि धेरैलाई त घाटा नै हुन्छ । कोहीलाई मोटोपनका कारण घरबाट निस्कन पनि ग्राहो हुन्छ ।

बेलायतको लिंकनशायरमा बस्ने २४ वर्षिय जेनिफरको मोटोपनको कारण हुनलागेको विवाह पनि रोकिएको छ । उनको तौल १०८ किलो थियो । हाल जेनिफरले त्यो चुनौतिको सामना गरेर आफ्नो सुन्दरता थप परिर्वतन गरेकी छिन् ।

जेनिफरलाई विवाह टुटेपछि डिप्रेशन भएको थियो । आफ्नो स्वास्थ्यमा विषेश ध्यान दिएकाले बढेको ज्यान घटाउन सफल भएकी छिन् । उनले ज्यान घटाउनको लागी जंकफुड धेरै खान शुरु गरेसंगै नियमित जिम जान थालिन, आफ्नो खानामा स्वस्थ फुड सामेल गरेको कारण १०८ किलो बाट ६० किलोमा झरिन् ।

जेनिफर आउने महिनामा हुनलागेको मिस जेंटिग शेफील्ड ब्युटि समारोहमा भाग लिनेपनि बताइएको छ । उनी टपटेन फाइनलिस्टमा सहभागी भएकी छिन् । उनलाई मिस बेलायत, मिस वल्डसम्म जाने मौका आउने पनि जनाएको छ । हाल उनका नयाँ प्रेमी पनि भइसकेका छन् । उनका साथमा निकै खुशी भएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्