Logo

शनि बन्यो सौर्यमण्डलमा सबैभन्दा बढी चन्द्रमा भएको ग्रह



सौर्यमण्डलमा सबैभन्दा बढी चन्द्रमा भएको ग्रह भएको कुन हो ? भनी प्रश्न सोध्दा वृहस्पति भनिन्थ्यो । झण्डै ३० वर्षसम्म वृहस्पति बढी चन्द्रमा रहेको ग्रह बुझिदै आइएकोमा अब यसो भने गल्ती हुनेछ ।

वैज्ञानिकहरुले वृहस्पतिभन्दा शनिमा बढी चन्द्रमा रहेको तथ्य पत्ता लगाएका छन् । वृहस्पतिसँग ७९ चन्द्रमा रहेकोमा शनिसँग ८२ वटा रहेको पत्ता लागेको छ । सुवारु नामको टेलिस्कोपले नयाँ चन्द्रमा पत्ता लगाएको हो । ती चन्द्रमा पाँच किलोमिटर परिधिका छन् र शनिलाई प्रत्येक दुई देखि तीन वर्षमा एकपटक परिक्रमा गर्छन् ।

रिङ भएको ग्रहका रुपमा परिचित शनी पृथ्वीभन्दा ठूलो ग्रह हो । यो वृहस्पतिभन्दा सानो छ । सानो भएपनि योसँग वृहस्पतिको भन्दा बढी चन्द्रमा रहेको पत्ता लाग्नुले खगोलविज्ञहरुलाई थप अनुसन्धानको ढोका खुलेको छ ।-एजेन्सी Photo Source: Geekwire



प्रतिक्रिया दिनुहोस्