Logo

दश हजार राउण्ड गोली बरामद



सुनसरी, ७ पुस । प्रहरीले ठुलो परिमाणमा हातहतियार बरामद गरेको छ । बराहाक्षेत्र नगरपालिका एकताटोल बस्ने खेमराज श्रेष्ठको कुखुराको फर्मबाट आइतबार बिहान एसएमजी हतियार एक थान तथा विभिन्न गोलीहरु ९ हजार ९ सय ८२ राउण्ड बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद भएका गोलीहरुमा ७.६२ एमएमको २ हजार ५ सय ९६ राउण्ड, ९ एमएमको २ हजार ६ सय ३२ राउण्ड, ५.५६ एमएमको ४ हजार ५ सय ६५ राउण्ड तथा अन्य हतियारको १ सय ८९ राउण्ड रहेको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा विभिन्न हातहतियार रहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी, ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र नेपाली सेनाको पूर्व पृतना ईटहरी समेतबाट खटिएको संयुक्त टोलीले उक्त हतियार बरामद गरेको प्रहरीको भनाई छ । उक्त हतियार तथा गोलीहरू थप आवश्यक अनुसन्धानका लागि नेपाली सेनाको पूर्वपृतना ईटहरी पठाइएको प्रहरीले जानकारी दिएको छ ।- Symbolic photo



प्रतिक्रिया दिनुहोस्