Logo

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ



बर्दिया, ७ पुस । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका जनतानगर बस्ने जगबीर थारुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई शनिबार साँझ जगबीरले जबरजस्ती करणी गरेकाले स्थानियबासीहरूले नियन्त्रणमा लिई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी सितला बजारबाट खटिएको प्रहरीले जगबीरलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्