Logo

४४३ इन्स्पेक्टरको सरुवा (सूचीसहित)



काठमाडौं, ७ पौष । नेपाल प्रहरीका ४४३ जना इन्स्पेक्टरको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्शालले उनीहरुको सोमबार सरुवा निकालेको हो ।

सरुवामा कोटेश्वर प्रभागकी एलिजा गिरी प्रहरी प्रधान कार्यालय सरुवा भएकी छिन् । उनको ठाउँमा जनार्दन घिमिरे पुगेका छन् ।
निलम्बनमा परेका जयनेपाल थापाको ठाउँमा दिनेश गौतम पुगेका छन् । दिपक थापा सातदोबाटो वृत्तमा सरुवा भएका छन् । पुर्णिमा कुमारी चन्द पुल्चोक प्रभाग पुगेकी छिन् । पुरुषोत्तम कार्की स्वयम्भु वृत्त पुगेका छन् ।

अनु लामा इलाका प्रहरी कार्यालय फर्पिङ सरुवा भएकी छिन् । अरुणकुमार भट्टराई बाँडेगाउँ प्रभाग पुगेका छन् ।

https://nepalpolice.gov.np/images/0_INSP1.pdf



प्रतिक्रिया दिनुहोस्