Logo

चिनियाँ नागरिक पक्राउ



काठमाडौँ, ८ पुस । संकास्पद गतिविधि सञ्चालन गरेको आशंकामा प्रहरीले सोमवार पक्राउ गरेका चिनियाँ नागरिकको संख्या ११२ पुगेको छ । राजधानीमा यसरी बसोबास गर्ने चिनियाँको संख्या दुई सय भन्दा बढी रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।
आज प्रहरीले गरेको कारबाहीमा राजधानीका बुढानिलकण्ठ, महाराजगन्ज र मनमैजु लगायतका क्षेत्रमा सिंगो घर भाडामा लिई समूहगत ढंगले बस्दै आएका प्रत्येक चिनियाँ नागरिकको साथबाट ल्यापटप बरामद भएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले भिजिट भिषामा नेपाल प्रवेश पाएका चिनियाँ नागरिकका गतिविधि शंकास्पद रहेको र उनीहरू अनलाइन फ्रडमा संलग्न रहेको आशंकामा अनुसन्धान भइ रहेको जानकारी दिए । उनले तीन स्थानबाट ९९ जना पक्राउ गरिएको स्पष्ट पार्दै चावहिल, बौद्ध र कोटेश्वरक्षेत्रमा बसोवास गरी रहेका चिनियाँ नागरिकमाथि अनुसन्धान जारी रहेको बताए । सिंगो घर भाडामा लिएर चिनियाँ नागरिक बसोवास गर्न थालेको सूचना प्रहरीलाई हप्ता दिनअघि नै प्राप्त भएको थियो । समूह बनाएर बस्ने र साँझ विहान फौजीको जस्तो परेड खेल्ने गरेको जानकारी स्थानीयवासीले दिएका हुन ।

सोही सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले संयुक्त रुपमा छापा मारेको हो । विस्तृत अनुसन्धान हुन बाँकी नै छ महाशाखा प्रमुख थापाले भने, संगठित बसोवास हेर्दा गलत क्रियाकलापका लागि हुन सक्ने देखिन्छ । प्रायः सबैसँग ल्यापटप भेटिनुले प्रहरीलाई ह्याकरको आशंकामा थप सशंकित बनाएको छ । कतिपयको भिषा समय अवधि समेत समाप्त भइसकेको अवस्थामा छ । तर पनि उनीहरु लुकिछिपि बस्दै आएको भनाई प्रहरीको छ । पक्राउ परेका चिनियाँ नागरिकले सूचना प्रविधिको क्षेत्रमा मजदुरको रुपमा काम गर्ने गरेको प्रारम्भीक वयान दिए पनि कम्पनीहरू भने खुलाएको छैन ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot