Logo

कंगना रनावत स्टारर फिल्म ‘पंगा’ को ट्रेलर सार्वजनिक



कंगना रनावतको नयाँ फिल्म ‘पंगा’को ट्रलर सार्वजनिक भएको छ । उनले फिल्ममा कबड्डी खेलाडीको भुमिकामा देखिने छिन् ।

तीन मिनेटको ट्रलरमा कंगना नेश्नल लेभल खेलाडीको रुपमा वापसी गरिरहेकी देख्न सकिन्छ । त्यस फिल्ममा एक मध्यम वर्गिय परिवारको चित्रण गरिएको छ ।

फिल्मलाई चर्चित निर्देशक अश्विनी अय्यर तिवारीले गरेकी हुन् । उक्त फिल्ममा कंगनाको साथमा रिचा चढ्ढा, पंकज त्रिपाठी, निना गुप्ताहरु मुख्य भूमिकामा देखिनेछ । फिल्म फक्स स्टार स्टुडियोद्धारा निर्मित हुनेछ । फिल्म पंगा जनवरी २४ २०२० मा रिलिज हुनेछ ।

 



प्रतिक्रिया दिनुहोस्