Logo

क्याबिनेटमा प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री यादवको चर्काचर्की



काठमाडौं, ८ पौष । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री समेत रहेका कानुनमन्त्री उपेन्द्र यादवले एउटा प्रस्ताव राखे । प्रस्तावमा संविधान संशोधनका लागि कार्यदल बनाउने विषय समावेश थियो । तर, प्रधानमन्त्री ओलीले यादवको प्रस्तावलाई ठाडै अस्वीकार गरे ।

विश्वस्त स्रोतका अनुसार यादवले कार्यदल बनाएर कुन कुन बुँदामा संंशोधन गर्नेबारे तय गरेर त्यसकै आधारमा सामूहिक रुपमा बढ्ने प्रस्ताव राखेका थिए । प्रधानमन्त्री ओलीले कार्यदल बनाउने प्रस्ताव अस्वीकार गरेपछि यादव चिढिए । उनले सरकारमा बस्न नसकिने चेतावनी दिए । जवाफमा ओलीले खरो तरिकाले व्यङ्ग्य गरे । दुवै नेताबीच चर्काचर्की भएको थियो । लगत्तै यादवले पार्टीभित्र छलफल गरी सरकार छाड्ने मनशाय व्यक्त गरे ।

उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकार छाड्न लागेको पुष्टि गरे । रिपोर्टर्स नेपालका लागि ऋषि धमलासँग कुरा गर्दै उनले भने, भोलि पार्टीको बैठक बसी निर्णयमा पुग्छौं । बुधबार बैठक बसी आधिकारिक रुपमा सरकारबाट हट्ने तयारी भइसकेको छ ।

यसअघि मन्त्रिमण्डल पुर्नगठनमा यादवलाई स्वास्थ्यबाट कानुन मन्त्रालयमा पठाइएको थियो । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई हटाइएको थियो । पछिल्लो समय समाजवादी दलको सत्तारुढ नेकपासँग दूरी बढ्दै गएको थियो ।

नेकपाले राजपासँग समझदारी विकास गर्दै चुनावी गठबन्धन समेत बनाइसकेको छ । सभामुख र उपसभामुख चुनावमा भित्री सहमति बनाइएको चर्चा चलिरहँदा समाजवादी पार्टीले सरकार छाड्ने तयारी गरेको हो ।



प्रतिक्रिया दिनुहोस्