काठमाण्डौ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले हिजो मन्त्रीपरिषद बैठकमा संविधान संशोधनको प्रस्ताव लगेका थिए । तर प्रधानमन्त्री केपी ओलीले उक्त प्रस्ताव अहिले पेश नगर्नू भनेर रोकेपछि उपप्रधानमन्त्रीसमेत रहेका यादव रुष्ट बनेका थिए ।
त्यसैको नतिजास्वरुप आजै यादवसहित समाजवादी पार्टीबाट सरकारमा रहेका शहरी विकास मन्त्री मोहम्मद इस्तिहाक राईले पनि राजिनामा दिएका छन् । यादवले हिजो संविधान संशोधनका लागि विज्ञ सुझाब समिति गठन गर्ने प्रस्ताव राख्न खोजेका थिए । तर ओलीले बिचैमा रोकेका थिए ।
राजीनामा पत्रमा मन्त्री यादवले सरकारमा सहभागि हुनुअघि नै संविधान संशोधन गर्ने सहमति भएको तर अहिले सत्तारुढ दल नेकपाले त्यसलाई इन्कार गरेको आरोप लगाएका छन् । संविधान संशोधन गर्ने भनि त्यसबेला सरकारसँग दुई बुँदे सहमति भएको पनि यादवको राजीनामा पत्रमा उल्लेख छ ।
सरकारले सहमति तोडेकाले नैतिकताका आधारमा आफ्नो दल सरकारमा रहीरहन उचित नभएको यादवको तर्क छ ।





प्रतिक्रिया