साईवर अपराध नियन्त्रणबारे विकास समितिमा छलफल


काठमाडौं, ८ पुस । प्रतिनिधसभा अन्तर्गत विकास समितिको बैठक केहिवेर बसेर स्थगित भएको छ । सूचना प्रविधिका विषयमा व्यवस्था गर्न बनेको नयाँ विधेयक सम्वन्धी समितिका सदस्यहरुबीच समितिको कार्यालय सिंहदरवारमा केहीवेर छलफल भएको थियो ।

छलफलमा साईवर अपराध नियन्त्रण र जनताले पाउनुपर्ने सूचनाको अधिकारसम्बन्धी नयाँ कानूनले पूर्ण रुपमा समेट्न नसकेको भन्दै समितिका सदस्यहरुले समितिको ध्यानाकर्षण गरेका थिए । भाषागत त्रुटी सच्चाउन पनि सदस्यहरुले सुझाव दिएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम