Logo

भारतका पाकिस्तानी हिन्दु शरणार्थीहरु खुशी



८ पुस । भारतमा रहेका पाकिस्तानी हिन्दु शरणार्थीहरुले भारतमा बनेको नागरिकता सम्वन्धी नयाँ कानुनप्रति खुशी व्यक्त गरेका छन् । विषेश गरेर भारतको जोधपुरमा रहेका पाकिस्तानी हिन्दु शरणार्थीहरुले सो कानुन पारित भएकोमा आफुहरुलाई खुशी लागेको बताएका हुन् ।

“नागरिकता सम्वन्धी नयाँ कानुन पारित भएकोमा हामी खुशी छौँ, यहाँ करिब ८० प्रतिशतसम्म आप्रवासीहरु रहेका छन्, ती सवै खुशी भएका छन्,” एक स्थानीयवासिन्दाले भने । नयाँ कानुनको विरोध गर्दै आन्दोलन भइरहेको र केहीको मृत्यु समेत भइसकेको बेला उनीहरुले त्यही कानुनप्रति खुशी व्यक्ति गरेका हुन् ।

आप्रवासी एक महिलाले नागरिकता सम्वन्धी नयाँ कानुनका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिदै आफु नफर्किने बताए । “हामी यही मर्न तयार छौँ, तर हामी फर्किन तयार छैनौँ, हामी गरिब मानिस हौँ, हामीलाई सहयोग चाहियो, नागरिकता सम्वन्धी नयाँ कानुनका लागि मोदीजीलाई धन्यवाद छ, उनले राम्रो काम गरिदिनुभएको छ,” कालुले भने ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम