Logo

प्रदेशस्तरीय महिला फुटबल पुस ११ देखि हुने



भद्रपुर, ८ पुस  : झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आजदेखि हुने भनिएको प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिता प्राविधिक कारणले पुस ११ गतेदेखि सञ्चालन हुने गरी सरेको छ ।

बिर्तामोड फुटबल क्लबको आयोजनामा हुने ‘तमू ल्होसार गोल्डकप–२०७६’ महिला फुटबल प्रतियोगिता तमू ल्होसारकै अवसर पारेर सञ्चालन गरिने भएको हो । यसअघि २०६३ सालमा महिला फुटबल प्रतियोगिता झापामा भएको थियो ।

पुस १५ गतेसम्म हुने प्रतियोगितामा झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा र उदयपुरका टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष डिके गुरुङले जानकारी बताउनुभयो । प्रतियोगिताको विजेताले नगद रु एक लाख एक हजार १११ र उपविजेताले रु ५१ हजार १११ प्राप्त गर्ने छन् । अध्यक्ष गुरुङका अनुसार हरेक वर्ष ल्होसारको अवसरमा महिला फुटबल प्रतियोगिता गर्ने योजना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्