Logo

सरकारको भित्री नियत ठीक छैनः थापा



तनहुँ,पुस ९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले सरकारको भित्री नियत ठीक नभएको बताएका छन्।

सरकारको भित्री शैली जनताको अधिकार खोस्ने भएको कांग्रेस युवा नेता थापाले आरोप लगाए। नेपाल प्रेस युनियन तनहुँ शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य थापाले सो भनाइ व्यक्त गरेका हुन्।

‘सरकारले संसद्मा दर्जनौं विधेयक पेस गरेर पारित गर्न लागेको छ,’ थापाले भने, ‘तर त्यसले जनताको अधिकार कुन्ठित गर्ने देखिन्छ।’ घुमाउरो भाषामा सरकारले रिस उठेको मानिसलाई कारबाही गर्न र सरकारको विरुद्ध बोल्नेलाई कारबाही गर्न कानुन बनाउन खोजेको थापाको आरोप थियो।

संसद्मा पेस गर्न खोजिएका विधेयकले संविधान कार्यान्वयनमा जोड दिनुभन्दा पनि जनताको अधिकार खोस्ने थापाको भनाइ रहेको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्