रसुवा, पुस ९ । रसुवागढी नाकाबाट चिनियाँ तथा विदेशी पर्यटक भित्रने क्रम बढेको छ। पछिल्लो ११ महिनामा नाकाबाट साढे ३० हजार पर्यटक नेपाल आएका छन्। अध्यागमन कार्यालय रसुवाका अनुसार सन् २०१९ जनवरीदेखि नोभेम्बर अन्तिमसम्ममा ३० हजार पाँच सय १७ पर्यटक भित्रिएका हुन्।
सन् २०१८ जनवरीदेखि नोभेम्बर अन्तिमसम्ममा २८ हजार पाँच सय ९२ पर्यटक भित्रिएका थिए। कार्यालयको तथ्यांक हेर्दा यो वर्ष एक हजार नौ सय २५ पर्यटक बढी आएको देखिन्छ। गत वर्षको तुलनामा पर्यटक आगमन बढेको कार्यालयका सूचना अधिकारी गणेश भण्डारीले बताए।
रसुवागढी नाका हुँदै आएका पर्यटक सिधैं काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन्। नाकाबाट आउने पर्यटकमध्ये करिब ६० देखि ७० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगटेको छ। केही चिनियाँले आफ्नै सवारीसाधन ल्याउने गरेका छन् भने अधिकांश पर्यटक नेपालकै सवारी साधनको प्रयोग गर्दै आएको देखिन्छ।नागरिक दैनिकबाट




प्रतिक्रिया