Logo

देउवा र पौडेलको कुरा मिलेको संकेत, भातृसंगठनलाई पूर्णता दिने आश्वासन



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले भातृसंगठनलाई चाडै पूर्णता दिने आश्वासन दिएका छन् । आज(बुधबार) आफ्नै निवास बोहोराटारमा नेपाल विद्यार्थीसंघका प्रतिनिधिसँगको भेटमा पौडेलले भातृ संगठनलगायतका बिवाद सामधान गर्नको लागि पार्टी्भित्र गम्भीर छलफल भइरहेको बताए ।

उनले केही दिनभित्र सबैलाई सम्मानजनक स्थान हुने गरी बिवाद मिलाइने बताए । उनले नेविसंघलाई पूर्णता दिनको लागि नेताहरुबीच छलफल भइ रहेको जानकारी पनि दिए ।

पार्टीभित्र नेविसंघको विबादलाई लिएर किचलो भई रहेको बेला नेविसंघका प्रतिनिधिहरुले विवाद समाधान गर्नको लागि पौडेललाई भेटेका हुन् । नेविसंघले भने पार्टीले निर्णय लिन ढिलाई गरेका कारण नेविसंघको विबाद बढ्दै गएको भन्दै चाडै समस्या सामधान गर्न पौडेललाई आग्रह गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्