Logo

पंक्षीले आत्महत्या गर्ने ठाउँ



मानिसले आत्महत्या गर्छन् भन्ने सुनेका छौं । तर, भारतमा पंक्षीले पनि बाध्य भई आत्महत्या गर्ने गरेका छन् । दक्षिण आसमको पहाडी गांउमा सेप्टेम्बर महिनामा पक्षीहरुले आत्महत्या गर्ने गरेका छन् ।

अक्टोबरबाट नोभेम्वरसम्म कृष्णपक्षको रातमा साँझ ७ बजे देखि १० वजेसम्म तेज हावाको रफ्तारसँगै उड्ने धुलोले र कतै डरलाग्दो उज्यालो देखेर पंक्षीहरु डराउने गरेका छन् ।

यसस्थानमा स्थानिय र प्रवासी चिडियोका ४० प्रजातीहरु सहभागी हुन्छन् । बाहिरका आप्रवासी पक्षीहरु भित्र गएपछि फिर्ता आउन सक्दैनन् । यो ठाँउमा रातमा प्रवेश निषेध गरिएको छ ।

असमको बोरेल पहाड धेरै उचाँइमा अवस्थित छ । यँहा धेरै पानी पर्ने र बादलसंगै धुलो पनि उड्ने गर्छ । तेज वर्षा भएको बेलामा पक्षीहरु उड्ने कोशिश गर्छन् । तर, उनीहरु पूरै भिजेको कारणले प्राकृतिक रुपमा उड्ने क्षमता नष्ट भइसकेको हुन्छ ।
यो पहाड नजिक अग्लो घना जंगल छ, धुवाँ, धुलो र भारी वर्षा भएको, रातको समयमा पक्षीहरु जंगलमा जाने र ठोक्किने हुँदा दुर्घटनाको शिकार हुन्छन् । उक्त समयमा पक्षीहरु आफ्नो बासस्थानमा जान खोजिरहेका बेला अत्यधिक दुर्घटना हुने गरेको छन् । यो गाँउ नौ महिनासंम्म प्राकृतिक कारणले चलेपनि र अन्य महिना भने दुनिया भन्दा फरक तरिकाले चल्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्