Logo

भविष्यवाणी नमिलेको भन्दै लेखकले आफ्नो किताब आफै चपाए



अझैपनि हामीहरु कुनै शुभकार्य शुरु गर्नको लागि ज्योतिषको भर पर्छौं । भविष्यवाणीमा विश्वास गर्छौ । तर त्यही भविष्यवाणी गलत साबित हुँदा बेलायतमा भने एक विश्वविद्यालयका प्राध्यापकको प्रतिष्ठामा नै धक्का पुगेको छ ।

सन् २०१९ को जुन महिनामा आम चुनाव हुनगइरहेको थियो । मैथ्यू गुडविन नामका प्राध्यापक लेखकले आफ्नो किताबमा लेबर पार्टीले ३८ प्रतिशत भन्दा धेरै भोट नल्याउने जानकारी दिएका थिए । उनले भनेका थिए धेरै भोट आएमा मैले लेखेको किताव नै चबाइदिनेछु ।

चुनावको नतिजा उल्टो आएपछि उनको भविष्यवाणी गलत साबित भयो । लेबर पार्टीको ४०।३ प्रतिशत भोट आएको थियो । लेबर पार्टीको जीतसंगै पार्टीको कार्यकर्ताले मैथ्यूलाई आफ्नो बाचा पुरा गर्न दबाब दिएका थिए । उनी आफूले गरेको बाचा पुरा गर्ने जानकारी ट्वीट मार्फत गरे । एक टेलिभिजनको प्रत्यक्ष कार्यक्रममा उनले आफ्नो किताब आफैले चबाएका थिए । उनको यस्तो हर्कत देखेर टेलिभिजनका संचालक पनि दंग परिरहेका थिए ।



प्रतिक्रिया दिनुहोस्