Logo

धेरै राम्री भएर गयो जागिर



सुन्दरताले महिलालाई उच्च स्थान दिन सक्छ तर लन्डनमा भने यसको ठिक उल्टो भएको छ । एक युवती एउटा टेलिभिजनमा कामको लागि पुगेकी थिइन् । उनी निकै सुन्दर थिइन् । सुन्दर युवतीको कुनैपनि टेलिभिजनमा निकै माग हुने गर्छ तर यँहा फरक किसिमको घटना भएको छ ।

एमा हल्से २४ वर्षकी भइन् । यीनले फर्म युनिटी टेलिभिजनमा काम गर्थिन् । तर काम शुरु गरेको पाँच मिनेटमा नै उनलाई कामबाट निकालियो । उक्त कम्पनिले निकाल्नुको कारण धेरै सुन्दर भएको बताएको छ ।

उक्त कम्पनिका म्यानेजरले उनलाई मोडलिङमा करिअर बनाउने सल्लाह दिएर घर पठाएका थिए । म्यानेजरले आफ्नो घरमा ड्रिंकको लागी अफर गरेका थिए । तर, एमा निराश हुदै आफूमाथि के भइरहेको पत्तो नपाएको पनि उनले बताएकी छिन् । आफुले भलाद्मी कपडा लगाएर जाँदा पनि निकालिएकोमा आपत्ती जनाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्