Logo

५५ फिट लामो कपाल भएकी युवतीलाई नुहाउन ६ बोतल स्याम्पु



महिलाको कपाललाई सुन्दरताको प्रतिक मानिन्छ । एक महिलाको कपाल अत्यधिक लामो भएकाले विश्वकिर्तिमान राख्न सफल भएकी छिन् । अमेरिकाकी आशा मन्डेलाको कपाल ५५ फिट लामो र तौल २० ग्राम रहेको छ । यो कपाल धुनको लागी ६ बोतल स्याम्पु खर्च हुन्छ । कपाल सुक्नलाई पूरा एकदिन लाग्ने गरेको जनाइएको छ ।
पहिला लामो कपालको कारण उनीसँग कोही पनि विवाह गर्न चाहँदैनथिए । हाल हेयर ड्रेसर इमानुएलसँग उनको विवाह भएको छ ।
उनलाई लामो र धेरै कपालले पीठ र गर्दनमा ग्राहो भइरहेकोले डाक्टरले काट्ने सल्लाह दिएपनि उनी मानिनन् । कपालले नै आफ्नो पहिचान र कमाई दिएकाले काट्न नमानेको जनाइएको छ । उनले आशा हेयर प्रोडक्ट्स र एसेसरीजको विज्ञापनमा पनि काम गरेकी छिन् । यसरी उनले लाखौ डलर कमाउदै आएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्