Logo

विना मेकअप प्रेमिकालाई देखेर प्रेमीले दिए ब्रेकअप



मेकअपले सुन्दर देखिनमा सहयोग गर्छ । यसले युवतीहरुलाई एकछिन त राम्रो देखाएपनि कालान्तरमा हानी गर्दछ । यो हामीलाई थाहा हुदाँहदै पनि गरिरहेका हुन्छौ । मेकअप र प्रेमको बीच पनि अचम्मको सम्बन्ध हुने जानकारहरु बताउछन् ।

त्यहि मेकअप नगर्दा एउटी युवतीलाई आफ्ना प्रेमीले ब्रेकअप दिएका छन् । सोफिया र उनका प्रेमी धेरै समयदेखि प्रेम सम्बन्धमा थिए । तर एकदिन सोफियाले मेकअप नगरेको कारण उनका प्रेमीले नाता तोडिदिएका थिए ।

२२ वर्षिया सोफिया रेयर हुने रोगबाट पिडित थिइन् जसको कारण उनको मुहार खराव भएको थियो । त्यसकारण उनले घण्टौ लगाएर आफुलाई मेकअपले पुरै परिवर्तन गर्ने गरेको बताइएको छ । एकदिन उनका प्रेमीले सरप्राइज दिनको लागी आउदा सोफियालाई देखेर यस्तो योजना बनाएका थिए ।

उनलाई लागेको रोगका कारण सोफियाको छाला फुटेर रगत बग्ने गरेको थियो । उनलाई यस्तो समस्या सानैबाट थियो अहिले झन् बढ्दै आइरहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्