Logo

यी राजकुमारीका पूर्वपतिले किन गरे आत्महत्या



नर्वेकी राजकुमारी मारथा लुईसको लेखक अलि बेनसँग विवाह हुँदै गर्दा सन् २००२ मा विवादास्पद विषय बाहिर आयो । बेन कोकिन सेवन गरिरहेका यौनकर्मीसँग पार्टी गरिरहेको भिडियो बाहिर आयो ।

प्रेममा चुर्लुम्म डुबेकी राजकुमार लुईसले प्रेमी बेनसँगको विवाह रोक्न तयार भइनन् । तर, तीन सन्तानको जन्मपछि दुई वर्ष अघि बेनसँग लुईसको सम्बन्ध बिच्छेद भयो । त्यसयता तनावमा रहेका बेनले बुधबार आत्महत्या गरे । उनले कसरी आत्महत्या गरे भन्ने गोप्य राखिएको छ ।

४७ वर्षीय बेनकी आमा राजकुमारीकी फिजियोथेरापीकी प्रशिक्षक थिइन् । आमामार्फत् बेनले लुईसँग भेटेका थिए । दुवैबीच प्रेम सम्बन्ध झाँगियो र विवाहमा परिणत भयो । बेन विवादास्पद थिए । जसका कारण सम्बन्ध टिकेन ।

बेनले केभिज स्पेसीलाई केही दिन अघि मात्र यौनजन्य कार्यको आरोप लगाएका थिए । नोबेल पिस प्राइज कन्सर्टका दौरान आफ्नो गुप्तांगमा जर्बजस्ती हात पुर्याएको आरोप लगाएको घटना चर्चामा थियो ।



प्रतिक्रिया दिनुहोस्