Logo

कुकुरको पूजा गर्ने मन्दिर



मन्दिरमा भगवानको पूजा हुन्छ । भगवान्को पूजा गर्नाले मनमा शान्ती मिल्छ । भारतको झाँसी स्थित मन्दिरमा कुकुरको पुजा हुने गरेको छ । झासीको मउरानीको ककवारा गाँउमा यो मन्दिर रहेको छ । कुुकुरका मृत्यु भएको यो स्थानमा मन्दिर बनाएको स्थानियहरुको भनाई रहेको छ । यहाँ माटोमा कुकुरलाई गाडरे स्थानिय फर्किसकेपछि त्यो ठाउँ ढुङ्गा भएको थियो ।

त्यो मन्दिरलाई कुतिया महारानी नाम राखिएको छ । कुकुरलाई धैर्यताको प्रतिक मानिने भएकाले चुनावको दौरानमा नेताहरु यस मन्दिरमा जाने र ढोग्ने गर्छन । महिलाहरु यो मन्दिरमा गएर जल चढाई पुजा गर्ने गरेका छन् ।

उक्त मन्दिरमा एउटा चौतारामा कालो रगंको मुर्ति बनाइएको छ । यी देवीलाई कुतिया देवीको नामबाट सबैले चिन्नेगरेका छन् । एकपटक त्यहाँ दुई गाँउको भोज भएको थियो । भोजको एककिसिमको बाजा बजाएर सबै गाउँवासीलाई जानकारी दिने गर्दथे ।

यसैक्रममा बाजा र कुकुर त्यहाँ पुगेको थियो, तर त्यहाँको भोज सकिसकेको थियो । केहिसमयमा अर्को गाँउमा बाजा बज्यो । त्यहाँपनि त्यस्तै भयो । केही खान नपाएपछि कुकुर भोकले बिरामी भएर मृत्यु भयो । उक्त कुकुरलाई गाडिएको माटो ढुङ्गा भएकोले त्यहाँका स्थानीयले पुजा गर्न थालेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्