Logo

नयाँ सभामुखमा सुवास नेम्वाङका विषयमा सहमति !



काठमाडौं ११ पुस । प्रतिनिधिसभाको सभामुखमा नेकपा नेता सुवासचन्द्र नेम्वाङ दोहारिने भएका छन् । उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई राजीनामा गराएर नेम्वाङलाई सभामुख बनाउने विषयमा आन्तरिक सहमति भएको छ । तुम्वाहाम्फेलाई मन्त्री बनाउने बिषयमा नेताहरु सहमत छन् ।

तर तुम्वाहाम्फेले मन्त्री पदका जाने की नजाने भन्नेमा दोधारमा छिन् । नेम्वाङलाई नेकपाका दुवै अध्यक्षले सभामुख बनाउने विषयमा आन्तरिक सहमति गरिसकेका छन् । पूर्व माओवादीबाट अघि सारिएका अग्नी सापकोटालाई सहमत गराइसकेको एक नेताले बताए ।

तर, नेताहरुलाई पनि सहमत गराएर पार्टीको सचिवालय निर्णय गर्नुपर्ने भएकाले संसद बैठक भने सार्ने तयारी छ । संसदको बैठक आज १ बजे बोलाइएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार अभियोगमा जेल पुगेपछि संसदमा सभामुखको खोजी जारी छ ।

नेकपाले निर्णय गर्नुअघि उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा दिने तयारी छ । पर्सीसम्म राजीनामा आउने ती नेताको दावी छ । सभामुख निर्वाचनका लागि मार्गप्रसस्त गर्न उपसभामुखबाट राजिनामा आउनु पर्छ । समाजवादीले छाडेका दुईमध्ये मन्त्रालय मध्ये रोजेर लिन तुम्वाहाम्फेलाई भनिसकिएको छ ।



प्रतिक्रिया दिनुहोस्