एक दिन मिस वर्ल्ड जितिन्छ


काठमाडौँ, ११ पुस । मिस वर्ल्डको मञ्चमा उभिँदा मिस नेपाल अनुष्का श्रेष्ठलाई एउटै कुराले पिरल्यो– म खास अग्ली पनि छैन, कतै यो भीडमा हराउने पो हो कि १ सय ११ देशका सुन्दरीहरु एक से एक अग्ला थिए । अनुष्काको कद ५ फिट ५ इन्च। हुन त मञ्चमा उनीभन्दा होचाहरु पनि थिए। उनको आँखा भने अग्लामा नै पुग्थ्यो। तर पनि विश्वभरका नेपालीले दिएको माया अनि साथ उर्जाको स्रोत बन्यो।

त्यो बेला लाग्यो। सबैभन्दा अग्लो नभए पनि, सबभन्दा चिटिक्क नदेखिए पनि मैले हार्नुहुन्न, अनुष्काले सम्झिन्, देशको प्रतिनिधित्व गर्दै थिएँ। स्पोर्ट्समा केही गर्न सकिएन। ट्यालेन्ट राउण्डमा अघि बढ्न सकिएन। टप मोडलमा अगाडि बढिएन। अब कसरी चाहिँ नेपाललाई देखाउने तरुु त्यसपछि प्रस्तुतिमा कतै सम्झौता गरिनन्। मिस वर्ल्डको मञ्चमा नेपाललाई गर्वान्वित बनाइन्। एउटा मात्रै होइन दुईवटा अवार्ड नेपालका लागि जित्न सफल भइन्। ब्युटी विथ पर्पस र मल्टिमिडियाको अवार्ड जितिन्।

सबै सुन्दरीको मुखमा नेपाल
मल्टिमिडिया अवार्ड घोषणा गर्नुअघि त उद्घोषकले सोधेका थिए, कसले जित्यो होला त यो अवार्डरुु सबै सुन्दरीले एउटै आवाजमा नेपाल भन्दा मन्च गुञ्जयमान भएको थियो। त्यसबेला अनुष्का आफ्नो टिमको काम देखेर निकै गर्विलो बनेकी थिइन्। किनकि यो अवार्डका लागि अनुष्का नै योग्य रहेको ठान्थे सुन्दरीहरु पनि। ब्युटि विथ पर्पोस पनि आस गरिएकै अवार्ड थियो उनका लागि। अनुष्का जोसँग कुरा गर्दा पनि आफ्नो प्रोजेक्टकै विषयमा कुरा गर्थिन्। अधिकांशले उनको उद्देश्यलाई मन पराएका थिए। भिडियोमा तिम्रो काम देखिन्छ अनुष्काु यस्तै प्रतिक्रिया दिन्थे सुन्दरीहरु।

अनुष्कालाई नेपालीहरुले गरेको माया देखेर कति त लोभिन्थें उनीसँग फोटो खिच्न। तिमी भएको फोटो हाल्यो भने हाम्रो फलोवर पनि बढ्छ। तिमीलाई त नेपालीले धेरै माया गर्दोरहेछ। तिमी नभएको फोटोमा पनि नेपाल, नेपाल भनेर कमेन्ट गर्छु मख्ख पर्दै सुनाइन्।

अष्ट्रेलियाको दुस्ख
अस्ट्रेलियामा रातदिन खटिरहँदा अनुष्काले कहिल्यै आफू कुनै दिन मिस नेपाल हुन्छु भनेर सोचेकै थिइनन्। मिस वर्ल्डमा सहभागी हुने त परको कुरा। अहिले पाएको उपलब्धिको पछाडि अस्ट्रेलियाकै जीवन भोगाईले सिकाएको उनी बताउँछिन्। आज जे जति छु ५ वर्षसम्म अस्ट्रेलियामा गरेको पढाई, काम अनि त्यहाँको जीवनले सिकाएको कुरा नै होु उनले भनिन्।

उनी अस्ट्रेलियामा ५ वर्ष बसिन्। १२ कक्षा सकेर अस्ट्रेलिया पुगेकी उनले ३ वर्षमा ब्याचलर सकिन्। संघर्ष थियो। आर्थिक जोहो गर्न म्याकडोनाल्डमा काम गरिन्। अस्ट्रेलियाको व्यस्त सेड्यूलमा उनको सिफ्ट कहिले बिहानको ६(१० त कहिले रातको ६(१० हुन्थ्यो। निन्द्रा मारेर मेहनत गरिन्। निदाउन लाग्ने बेला ए उठ्नेबेला भयो कि भनेर चनाखो हुनुपर्ने दिन पनि थियो। त्यही भएर ४र४ घण्टाको इन्स्टलमेन्टमा सुन्त्नु पर्थ्यो, उनले दुस्खका दिन सम्झिन्। त्यो बेला उनको अगाडि दुईवटा बाटो थियो। दुस्खी भएर जीवन जिउने। कि त वर्तमान स्वीकारेर अघि बढ्ने। उनले व्यस्त जिन्दगीमा रमाउन सिकिन्। पढ्न थालेको १ महिनामा नै अकाउन्ट बैंकमा काम पाइन्। त्यतिबेला युरोप गएर ३ महिनाको इन्टर्नसिप गर्ने अवसरसमेत पाइन्।

युनिभर्सिटीबाट युरोप गएर इन्टर्नसिप गर्ने नेपालीमा उनीमात्रै थिइन्। मेहनत अनि लगतनशीलताले नै छोटो समयमै उनले अस्ट्रेलियोको व्यस्त जिन्दगीमा आफूलाई स्थापित गराइन्। निन्द्रा मारेर मेहनत गर्नुपर्दा जिन्दगी देखेर वाक्कै भएकी पनि थिइन्। किन गर्दैछु म यो। किन यहाँ आएँरु किन खानु नपर्ने दुस्ख आएर खाएँ भन्ने पनि हुन्थ्यो। जीवनमा मानिस जहाँ पुग्छ केही न केही कारणले पुग्दो रहेछ। त्यहि भएर दुस्ख पर्दा रमाउन सक्नुपर्दो रहेछु उनी सकरात्मक सुनिन्छिन्। राम्रै चलिरहेको थियो उनको जिन्दगी। तर, यतिका वर्ष देशबाट बाहिर रहँदा उनको मनमा देशमा केहि प्रभावशाली गर्नुपर्छ भन्ने भइरह्‍यो। त्यसैले अस्ट्रेलियाको जीवन चटक्कै छोडेर नेपाल फर्किन्। आम नेपालीले सोचेको जिन्दगी बाचिरहँदा किन नेपालरु

एकजना व्यक्तिले भन्नुभएको थियो, लुक फर योर नेक्स्ट प्रबलम। मलाई एकदम रमाइलो लाग्यो यो कुरा। हामी सँधै एउटा समस्या समाधान भएपछि अर्को समस्या खोज्दै हिँड्दो रहेछौं। युनिभर्सिटीमै सजिलो काम गर्थें। त्यसपछि बैंकमा काम गर्न रुचाएँ। किनभने मलाई अर्को चुनौती चाहिएको थियो, नेपाल फर्कँदाको समय सम्झिन्।
अनुष्का कहिल्यै आफैंमा सीमित हुन चाहिनन्। त्यसैले नेपाल आएर आफ्नो प्रतिभा देखाइन्। अनि जितिन् मिस नेपाल। हरेक निर्णयमा परिवारको साथ पाइन्। तिमी आफू सक्षम छौ भने विश्वमा जहाँ पनि काम गर्न सक्छौं, उनका बुबा उनलाई भन्ने गर्थे, अस्ट्रेलिया पढ्न पठाएको अस्ट्रेलियामा नै सीमित हुन होइन।
कान्तिपुर दैनिकबाट