Logo

भारतमा प्याज प्रतिकेजी भारु १५०



भारतमा प्याजको मूल्य प्रतिकेजी भारु १५० सम्म रहेको छ । शुक्रबार सबैभन्दा बढी कलकत्तामा प्रतिकेजी १५० भारुमा प्याजको विक्रीवितरण भएको हो ।

नयाँ दिल्ली र मुम्बईमा पनि प्याज प्रतिकेजी १२० भारुभन्दा माथि विक्रीवितरण भइरहेकोछ । प्याजको मूल्य बढेपछि विदेशबाट आयात गर्न थालिएको छ । रातो र पहेंलो रङ्गका प्याजहरु टर्की, इजिप्ट र अफगानिस्तानबाट आयात गरिएको हो । हजारौं टन प्याज आयात हुनथालेपछि मूल्य घट्ने अपेक्षा गरिएको छ । प्याजको मूल्य बढ्दा प्याज उत्पादक किसानहरु एकैपटक करोडपती भएको खबर अमाइरहेका छन् ।

भारतमा प्याजको मूल्य आकाशिंदा नेपाली बजारमा समेत असर परेको छ । नेपालमा प्याजको मूल्य प्रतिकेजी १५० नेपाली रुपैयाँ रहेको छ । तेस्रो मुलुकबाट पनि प्याजको आयात भएको छ ।



प्रतिक्रिया दिनुहोस्