Logo

मिस मंगोल नेपाल– २०१९ को ताज लामालाई



काठमाडौं, पुस १२ । ताप्लेजुङकी २५ वर्षीया सिभिरा लामाले मिस मंगोल नेपाल– २०१९ को ताज चुमेकी छन्। उनले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ तथा मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि पनि आफ्नो पोल्टामा पारिन्। सिभिराले भारतको नयाँदिल्लीबाट सीए गरेकी छन्।

प्रतियोगितामा रोल्पाकी २२ वर्षीया रेनुका पुनले फस्ट रनरअपसहित मिस मंगोल स्टेट ५ को उपाधि हात पारिन्। स्नातक पूरा गरेकी रेनुकाको मिस मंगोलमा यो दोस्रो प्रयास हो। त्यस्तै काठमाडौंकी १९ वर्षीया यजु कर्माचार्य सेकेन्ड रनरअप हुन सफल भइन्। उनले प्लस टु पूरा गरेकी छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतियोगितामा तेह्रथुमकी १७ वर्षीया अपेक्षा लिम्बू मिस मंगोल स्टेट १, धनुषाकी १९ वर्षीया समीक्षा सिधाली मिस मंगोल स्टेट २, काठमाडौंकी रीतिका स्याङ्तान मिस मंगोल स्टेज ३, गोरखाकी पूजा मगर मिस मंगोल स्टेज ४ र रोल्पाकी रेनुका पुन स्टेट ५ घोषित भए।



प्रतिक्रिया दिनुहोस्