Logo

संसदमा भाँडभैलो गरेपछि विपक्षी नेता पक्राउ



१२ पुस । मोन्टेनेग्रोका विपक्षी दलका नेतालाई शुक्रबार पक्राउ गरिएको छ । संसदमा नाटकीय र हिंसात्मक क्रियाकलाप गरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् ।

धार्मिक स्वतन्त्रता सम्वन्धी विवादास्पद कानुन पारित भएपछि उनले संसदभित्र विरोध तथा प्रदर्शन गरेका थिए ।नयाँ कानुनमा समावेश गरिएको चर्च सम्वन्धी विषयलाई लिएर मोन्टेनेग्रोका सरकार पक्ष र विपक्षका बीचमा विवाद रहेको छ ।

संसदमा बिहीबार विवाद भएकोमा राती अबेरसम्म पनि त्यो साम्य भएको थिएन । विपक्षी दल डेमोक्र्याटिक फ्रन्टका सांसदहरुले विवादास्पद कानुन पारित नगर्न दवाव दिएका थिए ।

विधेयकमा विपक्षीहरुले संशोधन प्रस्ताव दर्ता समेत अस्विकृत भएपछि उनीहरुले संसदको बैठक कक्षमै माइक तोडफोड गर्ने, अरु पार्टीका नेताहरुलाई भौतिक आक्रमण गर्नेलगायतका हिंसात्मक गतिविधि गरेका थिए ।

नियन्त्रणमा लिइएका विपक्षी नेताहरु मिलान क्नेजेभिक, अन्द्रीजा मान्डीकलाई शुक्रबार विहान भने छाडिदिएको छ ।



प्रतिक्रिया दिनुहोस्