Logo

मोगादिसुमा कार बम विस्फोट, २० भन्दा बढीको मृत्यु



१२ पुस । कार बम विस्फोटनमा परी सोमालियामा २० भन्दा बढीको मृत्यु भएको छ । सोमालियाको राजधानी मोगादिसुमा शनिबार भएको घटनामा परी अरु केही घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।

प्रहरी र प्रत्यक्षदर्शीहरुले दिएको जानकारी अनुसार विस्फोटनको आवाज निकै ठूलो सुनिएको थियो । विस्फोटनपछि स्थानीय बासिन्दा त्रसित भएका थिए ।
“भयङ्कर विस्फोटन भएको थियो, २० जनाभन्दा बढीको मृत्यु भइसकेको पुष्टी भएको छ, अरु धेरै घाइते भएका छन्,” एक जना प्रहरी अधिकृत इब्राहिम मोहम्मदले भने ।
उनले घाइतेहरु मध्ये केहीको अवस्था गभ्मीर रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने बताए।

“मैले २२ ओटा शव त गनेको थिए, ती सवै जना सर्वसाधारण हुन्, अरु ३० भन्दा बढी घाइते भएका छन्,” घटनाको प्रत्यक्षदर्शी एक स्थानीयबासी अहमद मोहलिम वार्सामले भने । उनले निकै ठूलो दुःखद घटना भएको भन्दै आज शनिबारको दिनलाई कालो दिनको संज्ञा पनि दिए ।



प्रतिक्रिया दिनुहोस्