Logo

गोकर्ण रिसोर्टबारे प्रधानमन्त्रीले मुख खोले



काठमाडौं, १२ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले गोकर्ण रिसोर्टलाई लिज अवधि बढाईएकोबारे सरकारको निर्णयको बचाउ गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने,‘२० वर्षका लागि लियो, १० वर्ष निर्माण गर्नै लाग्छ । त्यसैले समय हुँदा नै लिज अवधि थप्यो भने अनुचित होइन ।’

उनले अघि थपे,‘केही दिन अगाडी गोकर्ण रिसोर्टको लिज अवधि थपियो । यसरी थपियो, जसरी पहिले कहिल्यै थपिएको थिएन । पहिले हचुवाको भरमा मुल्य राख्ने, हचुवाका भरमा, अहिले स्वतन्त्र संघसंस्थाबाट मूल्यांकन गराएर यति हुँदोरहेछ लिज भनियो ।’

उनले अर्को अवधि बाँकी रहँदै किन दिइयो भन्ने प्रश्नको पनि जवाफ दिए । उनले भने,‘अवधि बाँकी रहँदै कि त्यसलाई नचलाउने भन्नुर्‍यो सरकारले, कि अरु केही गर्नुपर्‍यो । जब कसैले लिजमा लिएको छ, उसले प्रगति गर्छु भन्छ । आकर्षक ढंगले सरकारलाई कर तिर्छु, लिजको रकम राम्रो तिर्छु, कम्पिटिसनमा जान्छु भन्छ भने उसले नपाउने भन्ने होइन । पहिले भएन भने उसले निर्माण गर्न सक्दैन । बैंकबाट लोन लिनपुर्‍यो, निर्माण गर्नुपर्‍यो र सञ्चालन गर्नुपर्‍यो । २० वर्षका लागि लियो, १० वर्ष निर्माण गर्नै लाग्छ । त्यसैले समय हुँदा नै लिज अवधि थप्यो भने अनुचित होइन ।’



प्रतिक्रिया दिनुहोस्