Logo

प्रेस सङ्गठन नेपालद्वारा पत्रकारिता पुरस्कार प्रदान



काठमाडौँ, १२ पुस  : प्रेस सङ्गठन नेपालले पत्रकारितामा योगदान पु¥याएका सञ्चारकर्मीलाई पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्गठनको राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रममा आज यहाँ आयोजित कार्यक्रमा सङ्गठनद्वारा स्थापित विभिन्न पुरस्कार प्रदान गरेका हुन् ।

‘हृदयचन्द सिंह पत्रकारिता’ पुरस्कार सञ्चारकर्मी निर्मला शर्मा र अग्निशिखा पत्रकारिता पुरस्कार रेडियो नेपालमा प्रमुख समाचारदाता प्रमोद दाहाललाई प्रमाण पत्र सहित प्रदान गरे।

उक्त दुवै पुरस्कारको राशी रु एघार हजार एक सय एघार रुपिया रहेको छ । यसैगरी ‘वीरेन्द्र साह क्रियाशिल’ पत्रकारिता पुरस्कारबाट झापाका राजु अधिकारी, बझाङ्गका वसन्तप्रताप सिंह र सुनसरीकी समुद्रा प्याकुरेललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी जनही रु पाँच हजार रहेको छ ।

यसैगरी रु ५ हजार राशीको ‘डेकेन्द्र थापा पत्रकारिता पुरस्कार’ गोरखाका सुशिल अर्याल, धादिङका दिपक रिजाल र सल्यानकी मिना बुढाथोकीलाई प्रदान गरिएको छ ।

यसैगरी रु पाँच हजार राशी रहेको ‘पद्मलक्ष्मी–सावित्रि वस्नेत पत्रकारिता पुरस्कार’ खोटाङका दमन राई, रामेछापकी युनिकविफा घिसिङ र वागलुङकी रविना वोहरालाई प्रदान गरिएको छ ।

सङ्गठनका सहसंयोजक गणेश वस्नेतले दुई बर्ष अगाडि घोषणा गरिएको पुरस्कार दुई सङ्गठन एक भएपछि प्रदान गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस्