Logo

रामचन्द्र पौडेलज्यूको भावनाको सम्मान गर्दै महाधिवेशन घोषणा- विश्वप्रकाश शर्मा



काठमाडौं, १२ पौष । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले महाधिवेशनको कार्यतालिका घोषणा गर्ने कदम चालेपछि त्यसले पार्टीभित्र नेता कार्यकर्तामा सक्रियता बढ्ने बताएका छन् । पौडेल पक्ष नेताहरुले देउवाको कदमको विरोध गरिरहेको सन्दर्भमा ऋषि धमलाले गरेको विशेष कुराकानीः
तपाईंहरुले किन शीर्ष नेताहरु सहमतिबिना नै महाधिवेशनको कार्यतालिका बाहिर ल्याउनु भएको ?
महाधिवेशनको मिति घोषणामा पौडेल पक्षको असहमति भन्ने प्रतिक्रिया मैले तपाईंबाटै थाहा पाएँ । वरिष्ठ नेताले महाधिवेशनको मिति घोषणा गरौं भन्नुभएको थियो । उहाँको भावनालाई सम्मान गर्दै महाधिवेशनको मिति तय गरिएको हो ।
तर, रामचन्द्र पौडेलले त असहमति जनाउनुभएको छ नि ?
महाधिवेशनमा जाने मिति घोषणा गरिएको विषयलाई लिएर उहाँले असहमति जनाउनुभयो भन्ने मैंले मान्दिँन । महाधिवेशनमा जानलाई सबैको सहमतिमा मिति थप गरेर सबैको अपनत्व बोध गरेर मिति तय गरिएको हो ।
पौडेलले त शेरबहादुर देउवाले पेलेर जान थाल्नुभयो अब हामी चुप लागेर बस्दैनौं भन्नुभयो नि ?
महाधिवेशन घोषणा गरिएको विषयलाई मान्दिनँ भनेर वरिष्ठ नेताले पक्कै भन्नुभएको छैन । अरु कुनै सन्दर्भमा भन्नुभयो होला, महाधिवेशन त सबैको अपेक्षा हो ।
तपाईंको म्याद २०७७ फागुन १९ गतेसम्म हो ?
नेपाली कांग्रेसले आफ्नो पार्टीको म्याद एक वर्ष थप पाउने पार्टीको विधान बमोजिम भएको छ । हामीले ०७७ सालमा महाधिवेशन गरेर २०७८ सालभरी तयारी गरी २०७९ सालमा निर्वाचन गर्नुछ । भोलि को सभापति हुनुहोला ? को महामन्त्री हुनुहोला ? तर, महाधिवेशनबाट हाम्रो पार्टीको जीवन्तता दिने हो ।
२०७७ फागुन ७ गते महाधिवेशन भएन भने के गर्नुहुन्छ ?
विहान उठ्नेबित्तिकै महाधिवेशन हुँदैन भनेर समय खेर नफालौं । महाधिवेशनको लागि गाउँ र वडा स्तरसम्मको सबै कार्यतालिकाहरु बनिसकेको छ । पार्टीका सबै संयन्त्रहरु प्रयोग गरेर पार्टीको केन्द्रदेखि गाउँ तहसम्म महाधिवेशन गर्न तयार हुनुपर्छ-हुन्छौं ।
रामचन्द्र र कृष्ण सिटौलाले त पेलेरै जाने नीति लिएकाले महाधिवेशन ओझेलमा पर्ने सम्भावना छ, भन्नुभयो नि ?
महाधिवेशन घोषणा गरेकै कारणले उहाँहरुले त्यो खालको टिप्पणी गर्नुभयो भन्ने नै म मान्दिनँ ।
उहाँहरुले महाधिवेशन २०७७ साल मंसिरभित्रमा गरिसक्नुपर्ने भन्नुभएको छ नि ?
अभैm मेरो कुरा सुन्ने हो भने त २०७६ फागुनमै गर्नुपर्छ भन्ने थियो नि । हामी सबैले काम गर्दागर्दै पनि भएन त । महाधिवेशनको मिति तय भएपछि पनि त्यस विषयमा फरक दृष्टिकोण आउन सक्छ । यो अनौठो कुरा होइन । मिति अगाडि पछाडि हुँदैमा आपत्तिजनक भन्ने हुँदैन ।
उहाँहरुको मितिमै आपत्ति छ नि ?
हो, महाधिवेशन घोषणा गरेकै आधारमा विवाद भएको होइन । मितिका फरक खाले भावना राख्नु अलग कुरा हो । जसरी एउटा मिति तय गरेर अगाडि बढेको त्यसमा सबैलाई समाविष्ट गरेर अगाडि जानतर्पm हामी लाग्छौं ।
बहुमतको आधारमा कार्यतालिका घोषणा गरेर पार्टीमा द्वन्द्वको बिउ त रोपिदिनुभयो नि ?
गत मंसिर २६ गते केन्द्रीय समिति बैठक शुरु भयो । त्यो बेलामा महाधिवेशनको कार्यतालिका सम्बन्धी विषय थिएन । त्यसबेला अहिलेको संविधान अनुसार समायोजन पश्चात् कार्यतालिका बनाउने भनिएको थियो । तर, वरिष्ठ नेताबाट महाधिवेशनको कार्यतालिका पनि आउनुपथ्र्यो भनियो । त्यसपछि बैठक स्थगित गरेर वरिष्ठ नेतालाई भेट्न सभापति पनि जानुभयो । पूर्वमहामन्त्री प्रकाशमान सिह र वरिष्ठ नेताहरु सबैलाई भटियो । अनि सबैको भावना अनुरुप महाधिवेशनको कार्यतालिका पनि ल्याइयो ।
महाधिवेशन मिति घोषणा गर्दा सबैको सहमतिमा गर्न सकिँदैनथ्यो ?
महाधिवेशनको मिति घोषणा गर्दा सबै नेताहरुको सहमतिमा गर्न पाएको भए अभैm राम्रो हुन्थ्यो । सहमतिका बीचमा धेरै प्रयासहरु भएका हुन् । त्यति गर्दा पनि असहमति बढ्दै गएपछि आखिरी मुख्य माग भनेको महाधिवेशन नै त्यो पनि पूरा गर्दै गएपछि असहमतिहरु प्नि घट्दै जान्छन् भनेर पनि मुख्य विषयलाई समावेश गरिएको हो ।
निर्वाचित महामन्त्री र कोषाध्यक्षको पनि बैठकमा उपस्थिति रहेन नि ?
उहाँहरुको अनुपस्थिति थियो । तर, केन्द्रीय कार्यसमिति यो पक्ष र ऊ पक्ष भनेर हेर्ने मात्रै थिएन । नेपाली कांग्रेसको कार्यसमिति एउटा संस्था पनि हो । संस्था सधैं अनिर्णयको बन्दी भएर बस्न सक्दैन, त्यसैले निर्णय गर्छ । निर्णय ग¥यो, भन्दा पनि कस्तो निर्णय ग¥यो ? सबैको भावनालाई समेटेर गर्यो कि गरेन त्यो ठूलो कुरा हो । एकपक्षीय बैठक बस्यो निर्णयहरु केही पनि आएनन् भन्नुभन्दा पनि महाधिवेशनको कार्यतालिका आयो । त्यसलाई टेकेर मंसिर ९ गते सबै तहको वडा, ११ गते गाउँपालिका तहको, मंसिरको १५ गते ३३० वटा प्रदेशसभाको अधिवेशन हुन्छ । मंसिर १७ गते १६५ प्रतिनिधिसभा क्षेत्रको अधिवेशन हुन्छ । मंसिर २५ गते ७७ वटै जिल्ला अधिवेशन हुन्छ । यसरी फागुन ७, ८, ९ र १० गरेर पार्टीको केन्द्रीय महाधिवेशन हुन्छ ।
विगतमा महाधिवेशनको मिति सर्वसम्मत हुृन्थ्यो, अहिले हुनसकेन भन्ने हो ?
पार्टीमा काम गर्दै जाँदा कोही बेला सर्वसम्मत हुन्छ । कोही सर्वसम्मत नहुने अवस्था सिर्जना हुन्छ । महाधिवेशनको मिति तोक्ने
काम त सर्वसम्मत निर्णय हो नि । तर, त्यतिबेला समायोजनको काम सकिएको थिएन । बीचमा जिल्लातहका साथीहरुसँग बसियो उहाँहरुले अलिकति थप समय चाहिन्छ भन्नुभयो त्यसै बमोजिम गरिएको हो ।
विभाग बनाउँदा २८ बाट ४७ बनाउन अधिकार पाउनुभएको छ ?
नेपाली कांग्रेसको विधान स्पष्ट छ, ‘२८ विभागको अलावा केन्द्रीय समिटिले आवश्यक ठानेमा थप गर्न सक्ने छ,’ भन्ने प्रष्ट व्यवस्था छ ।
२८ बाट ४७ किन चाहियो ?
हो, २८ बाट ४७ किन भयो भन्ने ठाउँ छ, तर विधान बमोजिम भएन भन्न मिल्दैन ।
अहिले आवश्यक छ ?
त्यो आवश्यकता छ कि छैन भन्ने कुरा पार्टीले धारणा राख्न पाउने भयो । अहिले हामीले एक वर्ष कार्य अवधि थप गरेका छौं त्यसलाई अभैm व्यवस्थित गरेर जाउँ भनेर विभागको संख्या बढाइएको हो ।
यो त शेरबहादुर देउवाको पक्षमा निर्णय भयो, कांग्रेसको पक्षमा भएन ?
अहिले विभाग बढाउँदा सैंयौं साथीहरुले जिम्मेवारी पाउनुहुन्छ । सैयौं साथीहरुले जिम्मेवारी पाउँदा त्यसले व्यक्तिले भन्दा सिंगो संगठनले बल पाउँछ । बरु यो छिटो बनाउनुपर्ने थियो, ढिला भएको छ । ढिलै भए पनि प्रभावकारी ढंगले लिएर जान्छौं ।-File Photo



प्रतिक्रिया दिनुहोस्