Logo

देशभर चीसो बढ्यो, काठमाडौंमा माइनस पुग्दै



काठमाडौं, १२ पौष । देशभर तापक्रम घटेको छ । काठमाडौं उपत्यकालगायत हिमाल, पहाड र तराईका सबैजसो स्थानमा तापक्रम घटेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका सबैजसो भागमा तापक्रम घटेको छ । भिजिविलिटी पनि कम भएको छ । काठमाडौं उपत्यकामा आजको न्यूनतम तापक्रम ०.६ डिग्री पुगेको छ । तापक्रम माइनशतर्फ झरेको छ ।

धनगढीमा ३.६, नेपालगञ्ज र भैरहवामा ५, सिमरामा ७, जनकपुर र विराटनगरमा ८ डिग्री न्यूनतम तापक्रम पुगेको छ । पारदर्शिता पनि कमजोर भएको छ । पूर्वी देखि पश्चिम तराईसम्म बाक्लो हुस्सु लागेको छ । जसका कारण पारदर्शिता कमजोर भएको छ । पूर्व र पश्चिमका भागहरुमा पारदर्शिता कमजोर छ ।



प्रतिक्रिया दिनुहोस्