Logo

शुभतारा स्कुलले मनायो २१ औं वार्षिक खेलकुद (फोटोफिचर)



ललितपुर, १२ पौष । शुभतारा स्कुलले २१ औं वार्षिक खुलकुद प्रतियोगिता आयोजना गरेको छ । लामाटारस्थित रमणीय स्थलमा अवस्थित स्कुलको मैदानमा आयोजित प्रतियोगितामा शुभताराका विद्यार्थीहरुले एथलेटिक्सलगायत खेलकुदमा प्रतिष्पर्धा गरेका थिए ।

 

वार्षिक खेलकुदमा ललितपुर क्षेत्र नम्बर २ का प्रदेशसभा सांसद माधव पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाललगायत अतिथिका रुपमा सहभागी थिए । पौडेल र सिलवालले शुभताराले खेलकुदलाई विशेष महत्व दिएर कार्यक्रम गर्दै आएको खुशी व्यक्त गरे ।

वार्षिक खेलकुदमा संस्थापक प्रिन्सिपल रानी गुरुङ कक्षपतीले स्वागत मन्तव्य दिएकी थिइन् । प्रिन्सिपल खयामनाथ तिमिल्सिनाले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा ठूलो संख्यामा अभिभावकहरुको उपस्थिति थियो । विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्