Logo

सरकारका काम जनहितमा



काठमाडौं, १३ पुस । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियान चरितार्थ हुँदै गएको बताएको छ । प्रेस संगठनले शनिबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजना गरेको ‘प्रधानमन्त्रीसँग पत्रकार अन्र्तक्रिया’ र ‘राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रम’मा सरकारले ल्याएका योजनाप्रति कटाक्ष गर्ने गरिएको स्मरण र्गदै उनले दुईतिहाईको सरकारको कारणले नेपालमा सम्भावनाको ढोको खुलेको बताए ।

करिब आधा घण्टा बोल्नुभएका प्रधानमन्त्री ओलीले गलत नीति, गलत व्यवहार वा आन्दोलनलाई कमजोर पारेको भए पार्टीका नेताले आलोचना गर्नुपथ्र्यो तर विरोधीहरुले सिधा आँखाले हेर्न नसक्ने गरी योजनाहरु कार्यान्वयन भइरहेकाले अहिले विरोधका लागि विरोध मात्र भइरहेको स्पष्ट पारे। सरकार र पार्टीबारे विपक्षी दल र विरोधी शक्तिहरुले अनावश्यक भ्रम फैलाइरहेको बताउँदै उनले प्रतिगमनकारी शक्तिले विभिन्न मिडियामा लगानी गरेर अनेक ढंगबाट जनतालाई भ्रम फैलाउने काम भइरहेकोमा दुःख व्यक्त गरे। चुनावमा नजितेपछि काँग्रेस नेतृत्वको तत्कालीन कामचलाउ सरकारले अनैतिक रुपमा विभिन्न निर्णय गरेको उल्लेख गर्दै उनले सरकारले सबै प्रक्रियालाई व्यवस्थित पार्न खोज्दा उल्टै विरोध सामना गर्नुपरेको र दोष पनि वर्तमान सरकारमाथि नै थोपर्ने काम भएको बताउँदै सत्य तथ्य समाचार सम्प्रेषण गर्न उनले निर्देशन र्दिए।

‘विगतका सरकारले विभिन्न निर्णय गरेको छ, तर दोष यही सरकारलाई लगाएको छ’, बताउँदै उनले भने, ‘मैले नेपालमा पानीजहाज चल्छ भनेको थिएँ, समुद्रमा नेपालको पानीजहाज चल्छ भने, त्यो बेला सबैले उडायो मलाई । पानीमा जहाज चल्छ भने विपक्षीलाई थाहा छैन सायद । कागजको डुङ्गा बनाएर बाल्टीमा चलाएर मजाक उडाइयो । तर अहिले युवाहरू कोशीमा डुङ्गा चलिरहेको छ, गण्डकीमा पानीजहाजको परीक्षण भइरहेको छ ।’ केही नेताले आफैं सवार डुङ्गामा प्वाल पार्न खोजेको भन्दै उनले भने, जसले प्वाल पार्न खोजे पनि यो डुङ्गा प्वाल पान दिँदैनौं । जसले डुबाउन खोजे पनि डुङ्गा डुब्न दिइँदैन ।’ नेकपाका अध्यक्ष पनि रहेका प्रधानमन्त्री ओलीले नेपालमा कोही पनि भोकै नमर्ने र कोही पनि घरवारविहीन नहुने उल्लेख र्गदै सरकारले जनहितका थुपै्र कामहरु गरिरहेको बताए । विगतमा स्थिर सरकार नहुँदा देश विकास हुन नसकेको बताउँदै उनले नेकपाले बहुमत ल्याएर पाँच वर्षसम्म सरकार चलाउने भएकाले विराधीहरुले विभिन्न शैलीमा जनतालाई भ्रम छर्ने काम गरे पनि सरकारको ध्यान आर्थिक समृद्धिमा केन्द्रित भइरहेको बताए
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम