Logo

लागुऔषधको दलदलमा मधेस, खुला सीमादेखि काठमाडौंसम्म सञ्जाल



काठमाडौँ, १३ पुस । सीमापारि भारतबाट काठमाडौं लैजान ल्याउँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित सशस्त्र प्रहरीले सीमावर्ती बरियारपट्टी–३ चमारटोलबाट लहान नगरपालिका–११ का २६ वर्षीय उदयनारायण चौधरीलाई शुक्रबार पक्राउ ग(यो। प्रहरीले चौधरीको साथबाट लुपिजेसिक, नोर्फिन, फेनार्गन, डाइजिल्यापलगायत सात सय ६१ थान सुई बरामद गरेको छ। भारतीय सहर लदनियबाट स १० प ७१५३ नम्बरको मोटरसाइकलमा आइरहेका चौधरीलाई जाँच गर्ने क्रममा उनले बोकेको झोलाबाट उक्त परिमाणको लागुऔषध बरामद भएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलले बताए।

बलश्रबिहीबार भारतीय सहर जयनगरबाट भिभित्र्याउँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित सिरहा प्रहरीले नगरहा गाउँपालिका–४ का २६ वर्षीय मोहम्मद एमामुदिन र सिरहा नगरपालिका–४ रमौलका १९ वर्षीय मोहम्मद रहिमलाई पक्राउ ग(यो। दुवैको साथबाट प्रहरीले एक हजार चार सय ३० थान नाइट्रोजन ट्याबलेट बरामद गरेको छ। दुवैले स५प ५०७५ नम्बरको मोटरसाइकलमा झोलामा लुकाई ल्याइरहेको सो लागुऔषध सीमावारिको सहरमा भण्डारण गरी काठमाडौंसहित अन्य जिल्लामा सप्लाई गर्न भित्र्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पुस ७ गते प्रहरीले सीमावर्ती बरियारपट्टी गाउँपालिकाबाट लागुऔषधसहित सुखीपुर नगरपालिका–९ का २६ वर्षीय मनोजकुमार चौधरीलाई पक्राउ ग¥यो। उनलाई दुई सय २४ थान नाइट्रोभेट ट्याबलेटसहित पक्राउ गरी कारबाही चलाइएको छ। उनी लागुऔषध कारोबारी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागुऔषधको जालो फैलँदो छ। सीमादेखि काठमाडौंमात्रै होइन, पहाडी जिल्लाका सहरोन्मुख गाउँमा पनि लागुऔषधको प्रयोग बढिरहेको छ। त्यसअघि प्रहरीले सिरहाको गोलबजार नगरपालिका–६ डोहोटियाबाट करिब आठ ग्राम खैरो हिरोइन ९ब्राउन–सुगर० सहित २२ वर्षीय वीरेन्द्र यादव र २१ वर्षीय भरत पासवानलाई पक्राउ ग(यो। सानो र ठूलो गरी ९० पोका बनाई बिक्री गर्न तयारी अवस्थामा लुकाएर राखेको खैरो हिरोइनसहित पक्राउ परेका यादव र पासवानलाई लागुऔषध कारोबारमा मुद्दा चलाइएको छ।

असार २३ गते प्रहरीले गोलबजार नगरपालिका–५ बाट ६ ग्राम तीन सय मिलिग्राम ब्राउन सुगरसहित २५ वर्षीय बलिराम महतोलाई पक्राउ ग(यो। असार ८ गते धनगढीमाई नगरपालिका–१० श्यामपुरबाट आठ किलोग्राम चरेससहित दुईजना पक्राउ परेका थिए। लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा सिराहामा पक्राउ पर्नेको संख्या दिनैपिच्छे थपिने गरेको छ। लागुऔषधका कारोबारीले सञ्जाल नै स्थापना गरेर प्रदेश दुईका सीमावर्ती क्षेत्रबाट कारोबार चलाइरहेको पाइएपछि प्रहरीले लागुऔषध नियन्त्रणका लागि ‘सीमादेखि सहरसम्म’ विशेष सर्च अभियान सञ्चालन गरेको छ। प्रहरीले लागुऔषध नियन्त्रणका लागि देखाएको यो सक्रियताका कारण लागुऔषध कारोबारी र प्रयोगकर्ताहरू धमाधम पक्राउ पर्न थालेका छन्।

भारतीय सहरका विभिन्न औषधि पसलबाट भित्र्याइने लागुऔषध सीमाबाट नेपालका विभिन्न सहरहुँदै सङ्घीय राजधानी काठमाडौँसम्म पुग्ने गरेको पाइएको छ। भारतसँगको खुला सिमाना तथा सीमावर्ती भारतीय बजारहरूमा हुने खुला बेचबिखनलगायत कारणले सिरहामात्र नभई प्रदेश दुईका सीमावर्ती गाउँ–सहर लागुऔषध कारोबारीको ‘अखडा’ को रूपमा प्रयोग हुँदै आएको छ। लागुऔषध सहजै उपलब्ध हुने भारतीय बजार र ती सामग्री पुग्ने नेपाली बजारबीचको मुख्य ट्रान्जिट प्रदेश दुईका सीमावर्ती सहरहरू हुने गरेका छन्। सिरहालगायत जिल्लामा केही समयको फरकमा कारोबारीहरू समात्न थालिएपछि कारोबारीहरूको सक्रियता विस्तारै घट्दै गएको प्रहरीको दाबी छ। प्रहरीले नियन्त्रण अभियानलाई कडाइसाथ अघि बढाएकाले लागुऔषधको संगठित गिरोह भताभुंग हुन थालेको सिरहा प्रहरी प्रमुख ९एसपी० उमाप्रसाद चतुर्वेदीले बताए। तर खुला सिमाना र नयाँनयाँ कारोबारी थपिँदै गएका कारण लागुऔषध कारोबार पूर्ण नियन्त्रण गर्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्