Logo

नेकपा सचिवालय निर्णय : प्रदेश तीनको नाम बागमति र राजधानी हेटौँडा



पुष १३, काठमाण्डौ । सत्तारुढ दल नेकपाले प्रदेश ३ को नाम ’वाग्मती’ राख्न प्रस्ताव गर्ने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नामसँगै स्थायी राजधानी अहिलेको अस्थायी राजधानी हेटौडालाई नै बनाउने निर्णय पनि गरेको छ ।

सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो । प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत भएकाले आजको निर्णय अनुसार नै अब प्रदेश तीनको राजधानी हेटौँडा र नाम बागमति रहने लगभग निश्चित भएको छ ।

समय अभावका कारण एक घण्टा मात्रै बसेर सकिएको बैठकमा सभामुख चयन तथा राष्ट्रियसभा निर्वाचनका बारे भने सामान्य छलफल मात्रै भएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

अब छिट्टै अर्को बैठक राख्रे सल्लाह भएको पौडेलले बताए । आइतबारको बैठक नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसँगै प्रस्तावित उपाध्यक्ष वामदेव गौतम, महासचिव पौडेल लगायत अन्य सचिवालय सदस्यहरुको उपस्थिति थियो । पत्रकारहरुसँगको कुराकानीमा पौडेलले प्रदेशको नाम र राजधानीको विषयमा भने मुख खोलेनन् ।



प्रतिक्रिया दिनुहोस्