Logo

सभामुखमा नेम्वाङ, सापकोटा र तुम्बाहाम्फेमध्ये कस्ले मार्ला बाजी ?



काठमाडौं, १३ पौष । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले अझै राजीनामा दिएकी छैनन् । जबसम्म सभामुख कस्लाई बनाउनेबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र सहमति हुन्न तबसम्म उनले राजीनामा नदिने बुझिएको छ । उनी सभामुखमा नाम टुंगो लगाएपछि नेकपा हेडक्वार्टरको आदेश कुरेर बसेकी छिन् ।

शिवमाया आफै सभामुखकी दाबेदार हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको दरिलो समर्थन छ । संविधानमा समेत सभामुख र उपसभामुख एउटै दलको हुन नहुने व्यवस्था भएकाले उनलाई राम्रो अवसर मिलेको छ । सभामुखको दाबेदार देखिएपछि नेकपाका अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्डको समर्थन अन्य नेताहरुलाई छ । दुवै नेताहरुबीच सहमति बन्न नसकेमा शिवमायालाई मौका मिल्न सक्छ ।

ओलीले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई बनाउन चाहिरहेका छन् । तर, प्रचण्ड आफू पक्षधर अग्नि सापकोटाको पक्षमा अडान लिइरहेका छन् । यो नाममा सहमति नभए अरु विकल्प तयार गरेर बसेका छन् ।

नेकपा बैठकमा छलफल भएपनि सभामुखको टुंगो लाग्न सकेको छैन । अध्यक्षद्धय ओली र प्रचण्डले पटक पटक छलफल गरेपनि अडान छाडेका छैनन् । जसका कारण नेम्वाङ र सापकोटाबाहेक अरु कसैमा सभामुख पद जानसक्ने सम्भावना नकार्न सकिदैन ।

सभामुखमा नेकपाबाट नै चयन हुने निश्चितप्रायः छ । अन्य दल उपसभामुख दाबी गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्