Logo

डुंगामा भेटियो टाउको काटिएका शव



सातवटा शव एउटा डुंगामा भेटिएको छ । डुंगा काठको हो र समुन्द्री छालले धकेल्दै किनारमा पुर्याएको हो ।

यो घटना जापानको साडो टापुको हो । जापानी समाचार एजेन्सी एनएचकेका अनुसार डुंगा उत्तर कोरियाको हो । शवमध्ये दुईवटाको टाउको काटिएको छ ।

डुंगा साँढे सात मिटर लम्बाई र ४ मिटर चौडाईको छ । दुई मिटर उचाई रहेको डुंगा उत्तर कोरियाको हो भन्ने प्रमाण अक्षर र रङका कारण पत्ता लागेको हो ।

विगतमा पनि उत्तर कोरियाबाट यसरी नै छालले धकेल्दै विभिन्न टापुमा डुंगा भेटिन्थ्यो । कतिपय डुंगामा शव भेटिन्थ्यो । उत्तर कोरियामा मृत्युदण्डका घटना धेरै हुनेगरेकाले त्यसतर्फ समेत आशंका गरिएको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्