Logo

गरिब किसानका तीन छोरी सेनाको लेफ्टिनेट



छोरा भन्दा छोरी कम छैनन् । दुनियाँमा यसको उदाहरण देखिएकै हो । यस्तै उदाहरण एक गरिब किसानको तीन छोरी बनेका छन् ।

आफ्नो परिश्रमको कारण यी तीन दिदिबहिनी सबैका प्रेरणाको श्रोत बनेका छन् । भारतको रोहतकका यीनीहरु बुबा प्रतापसिहंका छोरीहरु हुन् । यीनीहरु धेरै कठिन चुनौतीको सामना गरेर सेनाको लेफ्टिनेन्टमा भर्ती भएका हुन् ।

बाबु प्रतापसिंहको दुई छोरी र एकजना नातेदार छोरी हुन् । छोरीहरुले गरेको प्रगति देखेर उनीहरुको माता पिताले गर्व महसुस गरिरहेका छन् । बाबु प्रताप सिंहले खेती किसान गरेर छोरीहरु पढाएका थिए । यी बहादुर युवतीहरुले फरक फरक ठाउँमा नियुक्ति लिएका थिए ।
यीनीहरु मध्ये पहिलोले तमिलनाडु, दोश्रोको वैलिगटन र तेश्रोको उत्तराखण्डको रानीखेतमा नियुक्ति लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्