Logo

चाउचाउ र कोला धेरै खानाले १० वर्षमा २०० किलो तौल



फास्टफुडले ठुलो मान्छे र सानो बच्चा दुवैलाई उत्तिकै हानी गरेको हुन्छ । बच्चाहरुलाई फास्टफुडबाट टाढा राख्नका लागि सल्लाह दिएका हुन्छन् तैपनि हामी लत छुटाउन सकिरहेका हुदैनौं ।

फास्टफुडको टेस्ट एकपटक बच्चाले लिइसकेपछि उनीहरु आकर्षित भइसकेका हुन्छन् । इन्डोनेशियामा एक १० वर्षको बच्चाको तौल चाउचाउ र कोलाको लतले २०० किलो भएको छ ।

आर्य मोसंत्री नामको ती बच्चा आफ्नो बढेको तौलको कारण विद्यालय जान पाएका छैनन् । उनी ठिकसंग चल्न र हिड्न पाएका छैनन् । यसरी लगातार उनको तौल बढ्नाले सर्जरी गरेका थिए । सर्जरी पछि पनि अन्य बच्चाको तुलनामा धेरै नै उनको तौल बढिरहेको छ । उनले दिनमा पाँच पटक मात्र खाने गरेका छन् । यीनले खानामा चाउचाउ, भात, मासु र माछा खाने गरेका छन् ।

उनका बाबु आमा किसान हुन् । यति धेरै खाना खादा पनि उनलाई अझ भोक लाग्ने गरेको उनका बुबा आमा बताउँछन् । डाक्टरको सल्लाहमा शाकाहारी मात्र खान दिँदा पनि तौल नियन्त्रित नभएपछि उनको सर्जरी गर्न परेको थियो ।

आर्यकी आमा रकेयाका अनुसार तीन बच्चाहरुले खाने खाना उनले खाने गरेका छन् । १७ अप्रिलमा उनको सर्जरी गरिएको थियो । सर्जरी पछि नौ किलोमात्र तौल घटेको थियो । तर हाल अपरेसनको दुई महिना पछि १६ किलो तौल घटेको छ ।



प्रतिक्रिया दिनुहोस्