Logo

दिनभर खाइरहने युवती



स्वस्थ मानिसलाई समय समयमा भोक लागिरहनु पर्छ । भोक लागि रहनु राम्रो संकेत हो । तर, अमेरिकाको टेक्सास विश्वविद्यालयकी एक छात्रालाई कहिल्यै भोक नै लाग्दैन । भोक नलागेपनि उनले केहि न केहि खाइरहन्छिन् । एब्बी सोलोमन न्युनटल प्रोगराँयड सिंड्रोम रोगबाट पिडित छिन् ।

यो विश्वमा दुर्लभ मानिने यो रोग एक दुईलाई मात्र लाग्छ । वास्तवमा यो रोगको कारण बच्चाहरुको मृत्यु छिटो हुन्छ । तर सोलोमन भने २१ वर्ष भइसकेकी छिन् ।
यो रोग वंशाणुगत कारण हुने बताइएको छ । सिड्रोममा धेरै इन्सुलिन वा खराब खानपानको कारण शरीरमा रगत सुगर घट्ने हुँदा बिरामी बेहोश हुने हुनाले यो रोगका बिरामीले केही न केही खाइरहन आवश्यक हुन्छ ।

सोलोमनले हरेक १५ मिनेटमा स्न्येक्स, चिप्स वा बिस्कुट खाइरहन्छिन् । तर, उनको शरीरमा बोसो भने लागेको छैन । शोधकर्ताको अनुसार सिंड्रोम एफबीएन एक जीनमा अनुवांशिक रुपमा परिवर्तन आउने कारण शुरु हुने गर्छ । यसको कारण अनुहारको तल बोसो लागेरे नोक्सान पुर्याउछ । आफ्नो उमेर भन्दा धेरै उमेरको देखाइदिन्छ ।
सिंड्रोमको कारण एस्प्रोसिन हर्मोन बन्नलाई शरीरको क्षमता कम हुने भएकाले दिन भर केही न केही खानुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्