Logo

कबाडीबाट खरिद गरेको कुर्सीमा हीरा भेटिएपछि



परिश्रम गर्दै जाँदा सोच्दै नसोचेको सामान्य चिजले पनि कसैको भाग्य बदलिदिन्छ । यस्तै अमेरिकामा एउटा घटनाले खुवै चर्चा पाएको छ । कहिल्यै धनी बन्ने सपना पनि नदेखेका, कवाडी सामान खरिद गरेर एक दम्पति रातारात धनी भएका छन् ।

यी दम्पतीले १० वर्ष पहिला कवाडीबाट कुर्सी खरिद गरेका थिए । उनीहरुलाई अन्दाज पनि थिएन कि भाग्य नै परिवर्तन हुन्छ । उक्त समयमा उनीहरुसँग मर्मतको पैसा नै थिएन । त्यसैले ६ वर्षसम्म स्टोरमा नै राखिराखे ।

६ वर्षपछि कुर्सिको मर्मत गर्न खोज्दा उक्त कुर्सीमा लुकेको करोडौंको हिरा भेटिएपछि पति एंगस आश्र्चयमा परे । उनले आफ्नी पत्नीलाई नभनिकन उनीहरुको विवाह वर्षगाँठमा हिराको रिङ उपहार दिएर चकित बनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्