Logo

५० वर्ष देखि बच्चा नजन्मिएको गाउँ



भारतको मध्य प्रदेशको भोपालबाट करिब ७० किमी टाढाका बासिन्दाहरुले अलग मान्यताको कारण पछिल्लो ५० वर्ष यता बच्चालाई गाउँमा जन्म दिएका छैनन् ।

भोपाल गाउँका गर्भवती महिलाहरुलाई जब प्रसव पीडा हुन्छ तब उक्त गाउँको सीमाबाट बाहिर एक कोठामा राखिने गरिएको छ । जँहा गर्भवती महिलाले बच्चालाई जन्म दिन्छिन् ।

उक्त गाउँको नियमका कारण सिमा भित्र बच्चा जन्मिए उसको मृत्यु हुनेछ वा बच्चा अंपाग हने विश्वास छ । बच्चा स्वस्थ भएको जानकारी आएमा केही घन्टापछि गाउँको सीमामा ल्याउने गरिएको छ ।

धेरै समय अगाडि श्यामजीको मन्दिरको पवित्रताको लागि वृद्धहरुले गर्भवती महिलाहरुको डेलिवरी सिमा बाहिर गर्ने निर्णय गरेकाले यस्तो गलत मान्यता मान्न परेको बताइएको छ । यस्तो वृद्धहरुले गरेको निर्णयको कारण पछिल्लो ५० वर्ष देखि यस ठाउँमा कसैले बच्चा जन्माएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्