Logo

तीन बाबुबाट जन्मियो एउटा बच्चा



वैज्ञानिक युगमा आफ्नो सेरोगेसीबाट बच्चा जन्मिएको धेरै सुनिएको छ । तर एक बच्चाको तीन बाबुको बारेमा आज चर्चा गर्नेछौ । मेक्सिकोको एक यस्तो खवर छ । भ्रुणमा तीन व्यक्तिको डीएनए एकै ठाउँमा मिसाएका कारण बच्चाको जन्म भएको हो ।

एउटा म्यागाजिनमा महिलाको परिचय खुलाएको थिएन । उक्त महिलामा जीनमा नै सिड्रोम डिसअडर्र भएको थियो । जुन आमाबाट बच्चामा सर्ने सम्भावना धेरै थियो । यस रोगको कारण बच्चाको २÷३ वर्षमा नै मृत्यु हुने गरेको छ । यी महिलाको दुई बच्चा खेर गइसकेको थियो ।

ती महिला सधै डाक्टरको निगरानीमा रहेकी थिइन् । अमेरिकाका वैज्ञानिकहरुले यी महिलामा भएका सबै रोग हटाएर नयाँ अनुभव बटुलेका थिए । वैज्ञानिकहरुले ती महिलाको डीएनएको नाभिकीयको प्रयोग गरेर दाताको अंडासुबाट जोड दिएका थिए ।

स्पिंडल न्यक्लियर ट्रान्सफर गरी ती महिलामा दाताको अंडाको प्रयोग गरेका थिए । यसरी तीन अभिभावकले एक बच्चाको जन्म दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्